Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइनः केसी

लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइनः केसी

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरहरूबिच मतभेद बढेका कारण प्रतिगामी तत्त्वहरू सक्रिय हुन थालेको बताएका छन् ।प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै अध्यक्ष केसीले व्यवस्थामा रक्षाका लागि नेतृत्व गरेका नेताहरूले सच्चिनुपर्ने बताएका हुन् ।

उनले गणतन्त्रवादी दलहरूबिच मतभेद भए पनि लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस नदिएको टिप्पणी गरे । उनले भने, ‘हाम्रा बिचमा मतभेद छन् । तर लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको होइन । त्यस कारणले लोकतन्त्र र गणतन्त्र पक्षधरहरूको बिचमा प्रशस्तै मतभेद छन् । मतभेदका बाबजुद पनि लोकतन्त्र, गणतन्त्र बचाउने पक्षमा यसको नेतृत्व गरेका साथीहरू सच्चिनु, आत्मालोचना गर्नु । ती कमजोरी भएका कुराहरूलाई देश र जनताको अगाडि निर्भीक भएर आत्मालोचना हुनुपर्दछ । होइन भने हामीले बर्षौँ लडेर ल्याएको गणतन्त्र प्रतिगामीहरूले उल्ट्याउँछन् नि ।

उनले तीनकुने घटनाबाट पाठ सिकेर गणतन्त्रवादी दलहरू अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट