Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पार्टी कार्यालय फर्किएका रविले भने – शरिरमा एक थोपा रगत रहुन्जेल लडिरहन्छु

पार्टी कार्यालय फर्किएका रविले भने – शरिरमा एक थोपा रगत रहुन्जेल लडिरहन्छु

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार पार्टी कार्यालयमा फर्किएका छन् ।सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि प्रहरी हिरासतबाट निस्किएपछि उनी पहिलोपटक पार्टी कार्यालय बनस्थलीमा फर्किएका हुन् ।

गत कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका उनी ६ महिनापछि फर्किएका हुन् । त्यतिबेला उनलाई पक्राउ गरी कास्की लगिएको थियो । पार्टी कार्यालयमा पुगेका उनी ठूला दलमाथि खनिएका थिए ।

‘कति मुद्दा लगाउनुछ लगाऊ। शरिरमा एक थोपा रगत रहुन्जेल लडिरहन्छु,’ उनले सम्बोधनका क्रममा भने । साथै उनले दुई तिहाइको सरकाले आफूलाई जिउँदो छोड्नु नै खुशीको कुरा भएको बताए ।

‘सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन, जुनसुकै तराजुमा तौलन तयार छु । अदालतको आदेशको अपव्याख्या गरेका छन् । दुई तिहाइको सरकारले जिउँदै छोडेको छ यही मेरो जित हो,’ सभापति लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट