Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पार्टी कार्यालयमा रवि लामिछानेले बजाए घण्टी, कार्यकर्ताद्वारा नाराबाजी

पार्टी कार्यालयमा रवि लामिछानेले बजाए घण्टी, कार्यकर्ताद्वारा नाराबाजी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन् । उनी पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन सोमबार बनस्थलीस्थित पार्टी कार्यालयमा पुगेका छन् ।

पार्टी कार्यालय पुगेसँगै उनले त्यहाँ रहेको घण्टी बजाएका थिए । घण्टी रास्वपाको चुनाव चिह्न हो । उनी पार्टी कार्यालयमा अन्य नेताहरुसँगै पुग्दा कार्यकर्ताहरुले रवि दाइ हाइ हाइलगायतका नारा लगाएका थिए । सो क्रममा उनले समर्थकलाई अभिवादन गरेका थिए ।

सहकारी ठगी प्रकरणमा मुछिएसँगै उनी पार्टी गतिविधिबाट बाहिर थिए । अहिले पनि मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी पार्टी राजनीतिमा फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट