काठमाडौँ : प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा पठाइएका चार प्रतिस्थापन विधेयक राष्ट्रियसभाबाट पारित भएका छन् । राष्ट्रियसभाको आजको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पेश गरेको ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पेश गरेको ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विपधेयक, २०८१ बहुमतले पारित भएको हो ।
त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ र ‘निजिकरण (पहिलो संशोधन) विधेयक, २०८१ पारित भएका हुन् । सरकारले जारी गरेका अध्यादेशलाई प्रतिस्थापन विधेयकका रूपमा संघीय संसद् सचिवालयमा गत माघ १८ गते पेश गरेको थियो । यी विधेयक आजसम्म संघीय संसदका दुबै सदनबाट पारित गरिसक्नु पर्ने कानुनी व्यवस्था छ । त्यही कानुनी व्यवस्थाभित्र रहेर विधेयक पारित गर्न लागिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij