Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाउने माथि सरकारले कारवाही गर्छ : गृहमन्त्री लेखक

सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाउने माथि सरकारले कारवाही गर्छ : गृहमन्त्री लेखक

काठमाडौं : नेपाल पत्रकार महासंघको टोलीले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।महासंघका महासचिव रामप्रसाद दाहाल सहित ८ जनाको संयुक्त टोली चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको भन्दै सरकारलाई घटनाको सत्यतथ्य छानविन गरि आवश्यक कारवाही गर्न गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।ध्यानाकर्षण बुझ्दै गृहमन्त्री लेखकले उक्त घटना अराजक, हिंस्रक एवम् सिद्धान्त विनाको भिडले गरेको बताउँदै उक्त विषयमा सरकार गम्भिर भएको बताए ।

“तिनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै अपराधिक कार्य गर्ने निश्चित उदेश्य थियो, लक्ष्य थियो,” गृहमन्त्री लेखकले भने, “विध्वशं मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार पत्रकारलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भिर छ ।”

हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजानी गर्ने, एवम् संचार गृहमा र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले सत्यतथ्य छानवीन गरि घटनाका दोषीलाई कारवाही गरिने गृहमन्त्री लेखकले बताए ।

यसैगरि उक्त घटनाबाट ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारहरुको विषयमा सरकार गम्भिर भएको र उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट