Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग

ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले चैत १५ गते राजावादीहरूले गरेको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै माओवादी सांसद रेखा शर्माले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई कानुनको दायरामा ल्याउन माग गरेकी हुन् ।

उनले भनिन्, ‘आन्दोलनको आयोजक जुन संस्थालाई राखिए पनि कार्यक्रमको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र संलग्न भएको स्पष्ट रूपमा देखिएको छ । संविधान र कानुनभन्दा माथि कोही छैन । पूर्वराजा ज्ञानेन्द्र र दुर्गा प्रसाईलाई कानुनी कारबाहीको दायरामा ल्याउन पार्टीको तर्फबाट माग गर्दछु ।’

उनले माओवादी पश्चगमनका पक्षमा कहिले नभएको र आगामी दिनमा पनि कहिल्यै नहुने बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट