काठमाडौं : राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कथित’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।प्रमुख सचेतक शाहीले फागुन २५ गते विमानस्थलमा स्वागत गरेको विषयमा प्रधानमन्त्रीले सम्बोधनमा क्रममा ‘कथित’ भनेको भन्दै उनले यसमा नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका हुन् ।
‘प्रधानमन्त्रीले होच्याउने काम गर्नुभयो। प्रधानमन्त्रीको भनाइ रेकर्डबाट हटाइयोस्। प्रधानमन्त्रीले फागुन २५ गतेको स्वागत कथित भन्नुभयो। सो रेकर्डबाट हटाइयोस्।’सो अवसरमा प्रमुख सचेतक शाहीले तीनकुनेमा सर्वसाधारण नागरिकलाई गोली हान्ने र आगो लगाएर हत्या गर्ने हत्यारालाई कारबाही गर्न पनि अनुरोध गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij