काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले चैत १५ गते तीनकुनेमा मच्चाइएको उदण्डताको विषयमा पूर्वराजाले उन्मुक्ति नपाउने बताएका हुन् ।पूर्वराजाले अराजक मान्छेलाई बोलाएर कमान्डर बनाएर हिंसा मच्चाएको प्रधानमन्त्री ओलीको आरोप छ ।
‘आफ्नै निवासमा बोलाएर पूर्वराजाले आपराधिक प्रवृत्तिका व्यक्तिलाई जनकमान्डर तोकेर खटाउनुभयो,’ ओलीले भने, ‘आपराधिक घटनामा पूर्वराजाले उन्मुक्ति पाउनुहुन्न । समाजमा वितण्डा मच्चाएको र समाज भड्काएकोमा उहाँ बोल्नुपर्दैन ?’यस्तै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा राप्रपाले विरोध जनाएको छ । बोल्दै गरेका प्रधानमन्त्रीलाई रोक्ने प्रयास गरेर राप्रपाले संसदमा गैह्रराजनीतिक चरित्र प्रदर्शन गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij