काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू तेस्रो कार्यकालको बारेमा विचार गरिरहेको र यो हासिल गर्न संविधान परिवर्तन गर्ने बारेमा सोचिरहेको बताएका छन् । आइतबार एनबीसी न्यूज च्यानललाई दिइएको अन्तर्वार्तामा उनले आफू मजाक नगरेको स्पष्ट पारेका हुन् ।
ट्रम्पको कार्यकाल २०२९ मा समाप्त हुनेछ। अमेरिकामा दुई पटक राष्ट्रपति बन्ने प्रावधान छ। ट्रम्प नोभेम्बरमा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका थिए। यसअघि उनी २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए।
यदि ट्रम्पले तेस्रोपटक राष्ट्रपति बन्ने प्रयास गरे भने उनले यसका लागि संविधान संशोधन गर्नुपर्नेछ। यसका लागि अमेरिकी कांग्रेस र राज्यहरूको समर्थन आवश्यक पर्नेछ। जब ट्रम्पलाई अर्को कार्यकाल पनि चाहनुहुन्छ भनेर सोधियो राष्ट्रपतिले आफूलाई काम गर्न मन पर्ने बताएका थिए ।
तेस्रो कार्यकालको लागि उम्मेदवारी दिने योजना प्रस्तुत गरिएको छ कि भनेर सोध्दा ट्रम्पले भने यो गर्न सक्ने तरिकाहरू छन् भनेका थिए । तेस्रो पटक राष्ट्रपति बनाउन २ महिनाअघि विधेयक पेस गरिएको थियो। नोभेम्बरमा चुनाव जितेपछि ट्रम्पले पहिलो पटक तेस्रो पटक राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका थिए।
त्यसपछि उनले भनेका थिए, ‘मलाई लाग्दैन कि म फेरि राष्ट्रपति पदको लागि चुनाव लड्नेछु, तर यदि तपाईँ चाहनुहुन्छ भने, म यसको बारेमा सोच्न सक्छु।’ यसपछि जनवरीमा ट्रम्पलाई तेस्रो पटक राष्ट्रपति बन्न अनुमति दिन संसद्को तल्लो सदन, प्रतिनिधिसभामा एक विधेयक पेस गरियो। यो विधेयक ट्रम्पको रिपब्लिकन पार्टीका सांसद एन्डी ओगल्सले पेस गरेका थिए।
यो विधेयकमा लगातार दुई कार्यकाल राष्ट्रपति रहेका कुनै पनि व्यक्ति तेस्रो पटक राष्ट्रपति पदमा निर्वाचित नहुने उल्लेख छ। २०२० मा ट्रम्प जो बाइडेनसँग चुनाव हारेपछि उनी तेस्रो पटक राष्ट्रपति निर्वाचित हुन योग्य हुनेछन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij