Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

ओबिएस सिष्टममा समस्या आएर स‌सद् बैठक लाइभ हुन सकेनः संसद् सचिवालय

ओबिएस सिष्टममा समस्या आएर स‌सद् बैठक लाइभ हुन सकेनः संसद् सचिवालय

काठमाडौँ : संघीय संसद् सचिवालयले प्रतिनिधिसभातर्फको ओबिएस सिस्टममा समस्या आएकाले प्रत्यक्ष प्रसारण हुन नसकेको बताएको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्त कोइरालाले सिस्टममा देखिएको समस्या समाधानका लागि मर्मत कार्य भइरहेको जानकारी दिएका छन् ।

‘आज प्राविधिक कारणले प्रतिनिधिसभातर्फको ओबिएस सिस्टममा समस्या आएको र हाल मर्मत भैरहेकोले लाईभ प्रसारणमा समस्या रहेको ब्यहोरा अनुरोध छ,’ सहायक प्रवक्ता कोइरालाले भनेका छन् ।

विपक्षीहरूले अवरोध गरेको प्रतिनिधिसभा बैठक लाइभ नभएपछि उनीहरूले षड्यन्त्रमुलक तरिकाले लाइभ काटिएको बताएका थिए । आफूहरूको अवरोधपछि संसद् बैठक कक्षबाट बाहिरिने क्रममा नेकपा (माओवादी केन्द्र)का सांसद् माधव सापकोटाले संसद्को लाइभ सुनियोजित रूपमा बन्द गरिएको आरोप लगाए । ‘संसद्को लाइभ बन्द गरियो, सुनियोजित भयो भन्ने हाम्रो माग हो,’ सापकोटाले सञ्चारकर्मीहरूसँग भनेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट