काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौँ महानगरले हुलाकमार्फत पठाएको छ। महानगर प्रहरी बल राजु पाण्डेले ज्ञानेन्द्र शाहको जरिवाना पत्र आइतबार दिउँसो हुलाकमार्फत पठाएको पुष्टि गरे । उनले भने, शाहको जरिवानाको पत्र बुझ्न निर्मल निवासले मानेन, हाम्रो टोलीलाई भित्र जानै दिएन उनले भने, त्यहाँबाट फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको छ।
वार तीनकुने क्षेत्रमा भएको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij