Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राप्रपामाथि तत्काल प्रतिबन्ध लगाउन माओवादी सांसदको माग

राप्रपामाथि तत्काल प्रतिबन्ध लगाउन माओवादी सांसदको माग

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले राप्रपामाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन्।आइतबार सामाजिक सञ्जालमा लेख्दै दाहालले संविधानभन्दा माथि कोही छैन भन्दै तत्काल राप्रपालाई प्रतिबन्ध लगाउन र कानुनको दायरामा ल्याउन माग गरेका हुन् ।धवल धम्शेर जबरा र ज्ञानबहादुर शाही अराजक लुटेरा जत्थाको नेतृत्व गरेर हिँडेको देख्न सकिने भएकाले राप्रपाले उनीहरूलाई पार्टीबाट निस्कासित गर्नुपर्ने उनले बताए।

‘राप्रपाले पनि कि धवल धम्शेर जबरा र ज्ञानबहादुर शाही जो यो अराजक लुटेरा जत्थाको नेतृत्व गरेर हिँडेको देख्न सकिन्छ। उनीहरूलाई पार्टीबाट निस्कासित गरोस्। हैन भने राप्रपा पनि संस्थागत हिसाबले हत्या, हिंसा र लुटपाटमा लागेको पुष्टि हुन आउँछ,’ उनले लेखेका छन्, ‘तत्काल राप्रपालाई पनि प्रतिबन्ध लगाइयोस् र कानुनको दायरामारसंविधानको दायरामा ल्याइयोस्। संविधानभन्दा माथि कोही पनि छैन। हेक्का रहोस्।’यस्तै सांसद दाहालले तिनकुने क्षेत्रको क्रुर, हत्या, हिंसा, लुटपाट र आततायी गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको दाबी गर्दै ज्ञानेन्द्रलाई पनि तत्काल गिरफ्तार गर्न समेत माग गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट