काठमाडौँ : सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबरा पक्राउ परेको सूचना संसद्लाई सुनाउने भएका छन् । आइतबार संसद्मा उनी पक्राउ परेको सूचना सुनाइनेछ । जबरा गत शुक्रबार राति पक्राउ परेका हुन् । राजवादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएको थियो । त्यसमा संलग्न रहेको आरोपमा जबरा पक्राउ परेका हुन् । जबरा पक्राउ परेको सूचना यसअघि नै प्रहरीले संसद् सचिवालयमा पठाएको थियो ।
संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो । यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले संसद्मा जानकारी दिनुपर्छ । यसअनुसार सभामुखले जानकारी दिन लागेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij