Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रवीन्द्र र धवललाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको अल्टिमेटम

रवीन्द्र र धवललाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको अल्टिमेटम

काठमाडौँ : राप्रपाले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ ।

शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

उनले २४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने निर्णय गरेको बताए ।राप्रपाले तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा भएको घटना सरकारकै कारणले निम्तिएको दाबीसमेत गरेको छ ।शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काउन भूमिका खेलेको आरोपमा मिश्र र राणालगायतका पक्राउ परेका थिए

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट