काठमाडौँ : गृहमन्त्री रमेश लेखकले आज माओवादी केन्द्रको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् । हिजो राजावादीहरूले प्रदर्शनको क्रममा सो क्षेत्रका केही घरहरू तोडफोड गरेका थिए । माओवादी पार्टी कार्यालय तोडफोडका लागि पुगेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले रोकोका थिए । सो क्रममा गृहमन्त्री लेखकले उदण्डताविरुद्ध एक भएर प्रतिवाद गर्नुपर्ने बताएका थिए ।
'संघीय लोकतान्त्रिक गणतन्त्रभित्र आपसी प्रतिस्पर्धा हुन्छन्। जनताको अभिमत अनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ, यो स्वाभाविक कुरा हो तर जब व्यवस्था विरुद्ध कसैले उद्दण्डता प्रदर्शन गर्छ भने त्यसको एकाकार भई प्रतिवाद गर्नुपर्छ', लेखकले भने । लेखकसँगै सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, प्रहरी महानिरीक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख होतराज थापालगायत उपस्थित थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij