Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सरकारले हाम्रो मुख थुन्न खोज्यो, म नरहे पनि आन्दोलन नरोकियोस् : दुर्गा प्रसाई

सरकारले हाम्रो मुख थुन्न खोज्यो, म नरहे पनि आन्दोलन नरोकियोस् : दुर्गा प्रसाई

काठमाडौं :  संयुक्त आन्दोलनका कमाण्डर दुर्गा  प्रसाईंले सरकारले हाम्रो मुख थुन्न खोजेको आरोप लगाएका छन् ।  सामाजिक सञ्जाल फेसबुकमा लेख्दै  प्रसाईंले यस्तो आरोप लगाएका हुन् ।शुक्रबार तीनकुने क्षेत्रमा दुई पक्षीय झडप भइरहँदा राजावादी नेतृत्व तहका नेताहरु भने सुटुक्क आन्दोलनको मैदानबाट अन्यत्र लागेका थिए । उनले लेखेका छन्, ‘साथीहरू आज यो नालायक सरकारले हाम्रो मुख थुन्न खोज्यो । हामी शान्तिपूर्ण रुपमा कार्यक्रम स्थल जाँदै गर्दा हामी नपुग्दै प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो, लाठीचार्ज गर्‍यो अझै तीनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रुग्याँस प्रहार गरी हामीलाई कार्यक्रम सुरु सम्म गर्न दिएन ।’

‘उनले आफू रहे नरहे पनि प्रदर्शन रोकिन नहुने बताएका छन्। मैले सुन्दै छु मलाई यो सरकारले बाकी नराख्ने योजना बुन्दै छ, म रहुँला नरहुँला आन्दोलन नरोकियोस्, यो व्यवस्था फेरेर मात्र यो अभियानले शान्तिको सास फेर्नेछ’, उनले भने, ‘प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुग्यो, कैयन साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ यस प्रति दुख व्यक्त गर्दै घाइते साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु ।’व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेसम्म तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट