Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

दुर्गा प्रसाईंकै कारण यसरी रणमैदान बन्यो तीनकुने क्षेत्र

दुर्गा प्रसाईंकै कारण यसरी रणमैदान बन्यो तीनकुने क्षेत्र

काठमाडौं : राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंले प्रदर्शनकारी उक्साउँदै गाडी चलाएर दुई तहको सुरक्षा घेरा तोडेपछि तीनकुनेदेखि बानेश्वरसम्मको क्षेत्र रणमैदान बनेको थियो ।प्रसाईंले सुरक्षाकर्मीलाई गाली गर्दै गाडीले पेलेर निधेषित क्षेत्र तोडेका थिए । आफैं गाडी चलाउँदै बीएबी ४२४८ नम्बरको गाडीमा उनी अघि बढेका थिए ।भिडियोमा ‘आओ–आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको देखिन्छ । केही पर भने निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए ।उग्र गाली गर्दै गाडी चलाउँदै अघि बढेका प्रसाईंले सुरक्षाकर्मीलाईसमेत अश्लिल गाली गरेका थिए ।

प्रहरीले उनको गाडी रोख्न खोजेको थियो । तर उनी भने प्रहरीलाई नै पेल्दै अघि बढेका थिए । जनपथ प्रहरीको घेरा तोडेका उनले शसस्त्र प्रहरीको अर्को घेरा तोड्दा समेत प्रहरीले उनीमाथि एक्सन लिन नसक्दा प्रदर्शनस्थल रणमैदान बन्न पुगेको थियो ।

निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको थियो । पहिलो घेरामा रहेको प्रहरीको घेरा तोडेपछि तोडेपछि त्यसपछिका सुरक्षाकर्मी भने डराउँदै उनलाई बाटो छोडेको भिडिओमा देखिन्छ ।सोही क्रममा अवस्था तनावग्रस्त बन्दै गयो । ठाउँ ठाउँमा तोडफोड र आगजनी समेत भयो । तीनकुने क्षेत्रका कतिपय घरमा आगजनी भएको छ भने नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा समेत आगजनी भएको छ ।

त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरोको सरकारी गाडि जलाइएको छ भने प्रहरीको बन्दुक नै प्रदर्शनकारीले खोसेका छन् । त्यतिमात्रै होइन प्रदर्शनका लागि तीनकुनेमा जम्मा भएका आन्दोलनकारीले माओवादी पार्टी कार्यालयमा समेत क्षती पुर्याएका छन् ।

बालकुमारीमा रहेको भाटभटेनी सुपर स्टोरमा ढुंगामुढा गर्दै लुटपाट मच्चाएका राजावादी प्रदर्शनकारीलाई प्रहरीले केही गर्न सकेन । अवस्था तनावग्रस्त बनेपछि काठमाडौं प्रशासन राति १० बजेसम्मलाई पाँच स्थानमा कर्फ्युसमेत लगाएको छ ।गौशाला एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु जारी गरिएको छ ।

ललितपुरतर्फ बालकुमारी पुल, भक्तपुरतर्फ जडबुटी पुल, सिनामंगल चोक र तिनकुले पुल क्षेत्रमा कर्फ्यु लगाइएको छ ।व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट