काठमाडौं : काठमाडौंको तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादी समर्थकहरूले पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा आगजनी प्रयास गरेका छन् ।आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा आगजनी गरेर प्रदर्शनकारीको भिड माओवादी केन्द्रको पार्टी कार्यालयतर्फ पुगेको हो ।
राजावादी समूहका प्रदर्शनकारीहरू उग्र बन्दै कार्यालय अगाडि आगजनी र तोडफोडमा उत्रिएपछि अहिले प्रहरी तैनाथ गरिएको हो ।व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij