Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आगजनी गर्न माओवादीको पार्टी कार्यालय पुगे राजावादी, प्रहरी तैनाथ

आगजनी गर्न माओवादीको पार्टी कार्यालय पुगे राजावादी, प्रहरी तैनाथ

काठमाडौं : काठमाडौंको तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादी समर्थकहरूले पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा आगजनी प्रयास गरेका छन् । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा आगजनी गरेर प्रदर्शनकारीको भिड माओवादी केन्द्रको पार्टी कार्यालयतर्फ पुगेको हो ।

राजावादी समूहका प्रदर्शनकारीहरू उग्र बन्दै कार्यालय अगाडि आगजनी र तोडफोडमा उत्रिएपछि अहिले प्रहरी तैनाथ गरिएको हो । व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट