Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

संसद् अवरोधको मारमा प्रतिस्थापन विधेयक, १९ गतेभित्र पारित नभए स्वतः निष्क्रिय

संसद् अवरोधको मारमा प्रतिस्थापन विधेयक, १९ गतेभित्र पारित नभए स्वतः निष्क्रिय

काठमाडौं : प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गर्दैगर्दा सरकारले ल्याएको प्रतिस्थापन विधेयक अगाडि बढ्न सकेको छैन।प्रतिनिधिसभाबाट पारित भएर सो प्रतिस्थापन विधेयक राष्ट्रिय सभामा विचाराधीन रहेको छ ।

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि संसद्देखि सडकसम्म आन्दोलन चर्किंदै गएको छ ।बिहीबार बसेको संघीय संसद्को दुवै सदनको बैठक प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

प्रतिपक्षी दलहरूले बुधबारदेखि संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै बैठक अवरुद्ध भएको हो ।प्रधानमन्त्रीले घिसिङलाई हटाउने विषयमा चित्तबुझ्दो जवाफ दिनुपर्ने अडानमा प्रतिपक्षी दलहरू रहेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट