Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अमेरिकासँगको पुरानो सम्बन्ध समाप्तः क्यानेडेली प्रधानमन्त्री

अमेरिकासँगको पुरानो सम्बन्ध समाप्तः क्यानेडेली प्रधानमन्त्री

काठमाडौं : क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको बताउनुभएको छ ।प्रधानमन्त्री कार्नीले दुई देशबीचको अर्थतन्त्रको गहिरो एकीकरण र कडा सुरक्षा र सैन्य सहयोगमा आधारित संयुक्त राज्य अमेरिकासँग क्यानडाको पुरानो सम्बन्ध समाप्त भएको प्रतिक्रिया दिनुभएको हो ।

अमेरिकाले आयातित सवारी साधन र सवारी साधनका पार्टपुर्जाहरूलाई २५ प्रतिशत कर लगाउँने घोषणा गरेपछि उहाँको यो प्रतिक्रिया आएको हो ।मन्त्रिपरिषद् बैठकपछि ओटावामा पत्रकारहरूसँग कुरा गर्दै कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको सामना गर्दा क्यानेडियनहरूले अर्थतन्त्रको पुनर्कल्पना गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

अब क्यानाडाले अमेरिकासँग अगाडि बढेर बलियो व्यापारिक सम्बन्ध राख्न सक्छन् कि सक्दैनन् भनेर हेर्न बाँकी रहेको समेत प्रधानमन्त्री कार्नीले बउनुभयो ।कार्नीले पछिल्लो आयात शुल्कहरूको सामना गर्न अर्को महिनाको आम चुनाव अगाडि आफ्नो अभियान योजनाहरूमा परिवर्तन समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट