Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

धादिङका स्थानीय तह प्रमुख र उपप्रमुखहरूसँग कृषिमन्त्रीले गरे छलफल

धादिङका स्थानीय तह प्रमुख र उपप्रमुखहरूसँग कृषिमन्त्रीले गरे छलफल

काठमाडौँ : आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथामिकताका विषयमा धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले छलफल गरेका छन् ।

छलफलमा मन्त्री अधिकारीले सरोकारवाला सुझावका आधारमा मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथामिकता तय गरको बताए । ‘कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने भएकाले स्थानीय तहबाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्ने छ,’ मन्त्री अधिकारीले भने ।आगामी बजेटमा कृषि क्षेत्रमा अघि सारिने कार्यक्रमलाई उत्कृष्ट बनाउन प्रयत्न गर्ने प्रतिबद्धता पनि मन्त्री अधिकारीले व्यक्त गरे ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको छलफलमा जिल्लाका २ नगरपालिका र ११ वटा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, मन्त्रालयका सचिवद्वय डा.गोविन्द प्रसाद शर्मा, डा.राजेन्द्र प्रसाद मिश्रलगायत सहभागी थिए । मन्त्रालयले काठमाडौँ उपत्यकाभित्रका पालिकाका प्रमुख एंव उपप्रमुखसँग पनि यसै विषयमा शुक्रबार मन्त्रालयमा छलफल आयोजना गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट