Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

लाल सागरमा पनडुब्बी डुब्दा ६ पयर्टकको मृत्यु भएको आशंका

लाल सागरमा पनडुब्बी डुब्दा ६ पयर्टकको मृत्यु भएको आशंका

कायरो : लाल सागरमा पनडुब्बी डुब्दा ६ जना पयर्टकको मृत्यु भएको आशंका गरिएको छ ।पन्डुब्बी इजप्टिको हुर्गहादा सहरको बन्दरगाह नजिकै बिहीबार बिहान डुबेको समाचारहरूमा जनाइएको छ । अन्य २९ जनाको भने उद्धार गरिएको थियो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई नजिकैको अस्पतालमा उपचार गराइएको छ ।

दुघर्टनाको समयमा पनडुब्बीमा करिब ४० जना पयर्टक रहेको आशंका गरिएको छ । डुब्ने पनडुब्बी सिन्दबाज सबमरिनको हो । कैयौं वर्षदेखि कम्पनीले पयर्टकहरूलाई यात्रा गराइरहेको थियो । विश्वभर मनोरञ्जन गतिविधिमा प्रयोग हुने जम्मा १४ वटा मात्रै पनडुब्बी भएको अनि आफूसँग यीमध्ये दुई वटा भएको कम्पनीले भनेको छ । डुबेको पनडुब्बीमा ४४ वटा यात्री सिट र दुई वटा पाइलट बस्ने सिट थिए ।

हुर्गहादामा पयर्टकहरू चढेको साधन दुघर्टनाग्रस्त भएको यो पहिलो पटक होइन । यसअघि नोभेम्बरमा पयर्टक सवार डुंगा पल्टिँदा ११ जनाको मृत्यु वा बेपत्ता भएका थिए । दुघर्टनामा ३५ जना भने बाँच्न सकेका थिए ।गएको महिना मात्रै लाइबबोर्ड भेसल संलग्न १६ वटा दुघर्टना भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट