Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भृकुटीमण्डपको जनसभाअघि समाजवादी मोर्चाले कहाँ–कहाँबाट निकाल्दैछ जुलुस ?

भृकुटीमण्डपको जनसभाअघि समाजवादी मोर्चाले कहाँ–कहाँबाट निकाल्दैछ जुलुस ?

काठमाडौँ : चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा बृहत् जनप्रदर्शन र जनसभाको आयोजना गरेको छ । वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ भृकुटीमण्डपमा आयोजना गरिएको जनसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिनेछ ।

सोह्रखुट्टे चोक, बबरमहल (पुलको छेउ), कुपण्डोल (हनुमानथान), त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड गेट, मैतीदेवी चोकबाट जुलुस निकाल्ने गरी तयारी गरिएको मोर्चाले जनाएको छ । सबै जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजेदेखि जनसभा सुरु हुनेछ । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेसपा र नेकपा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट