Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भण्डारामा दाेस्राे खानेपानी आयाेजना सुरु: तीन हजार बढी घरधुरीलाई शुद्ध खानेपानी

भण्डारामा दाेस्राे खानेपानी आयाेजना सुरु: तीन हजार बढी घरधुरीलाई शुद्ध खानेपानी

भण्डरा : पूर्वी चितवनकाे राप्ती स्थित भण्डारामा दोस्रो खानेपानी आयोजना उद्घाटन गरिएकाे छ । बुधबार एक भब्य समाराेहका बीच खानेपानी मन्त्री प्रदिप यादबले उद्घाटन गरेका हुन् । नेपाल सरकार, खानेपानी मन्त्रालयको पहलमा आर्थिक वर्ष २०७७/७८ देखि सुरु भएको यो आयोजना राप्ती नगरपालिका वडा नं. ४, ५, र ६ का जनताहरूलाई प्रत्यक्ष रूपमा सेवा प्रदान गर्नेछ ।

योजनाबाट ३ हजार २०० घरधुरीका १६ हजार २४४ स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । भण्डारा माध्यमिक विद्यालय तथा राप्ती नगरपालिकाले उपलब्ध गराएको जग्गामा आवश्यक पूर्वाधार निर्माण गरिएपछि अब यस क्षेत्रका नागरिकहरूले शुद्ध, स्वच्छ र सुरक्षित खानेपानी सहज रूपमा प्राप्त गर्नेछन् ।

विगतमा यहाँका स्थानीय बासिन्दाहरू इनार तथा ट्युबवेलको पानी पिउन बाध्य थिए । स्थानीयले प्रयाेग गर्दै आएकाे पानीकाे गुणस्तर परीक्षण गर्दा हानिकारक जीवाणुयुक्त भेटिएको थियो । मन्त्री यादबले हानिकारक जीवाणुले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले आयोजना सञ्चालनमा आएपछि स्थानीय बासिन्दाहरूका लागि स्वास्थ्य, समृद्धि र उज्ज्वल भविष्यको दिशामा अग्रसर बनाउने बताए ।

खानेपानी आयाेजना सञ्चालनकाे लागि सह–लगानी मोडेललाई अझ सरल, सहज र जनमैत्री बनाउँदै ८५/१५ मा रूपान्तरण गरिसकेको भन्दै उनले जनतालाई अझ सहजता प्रदान गर्नका लागि सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउने प्रतिवद्धता व्यक्त गरे ।

भण्डारामा सञ्चालनमा आएकाे आयोजनाले केवल खानेपानी मात्र होइन, स्वास्थ्य, समृद्धि र दिगो विकासको आधारशिला निर्माण गर्नेछ उनले भने यस क्षेत्रका नागरिकहरूको जीवनस्तर उकास्दै उज्ज्वल भविष्यतर्फ डोहोर्‍याउने छ । कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद जगन्नाथ थपलियाले आयाेजना सञ्चालनपछि राप्तीका तीन वटा वडाका बासिन्दामा शुद्ध खानेपानीकाे पहुँच पुगेकाे बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट