काठमाडौँ : नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले ‘नयाँ बीउ रोपेर नयाँ फल फलाउनु’ नै वैकल्पिक राजनीति भएको बताएका छन् । बुधबार नेसपा नयाँ शक्ति लुम्बिनी प्रदेशद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘वैकल्पिक राजनीति भनेको पुरानो बाली लगाउनु होइन, बरु नयाँ बीउ रोपेर नयाँ फल फलाउनु हो।’ उनले नयाँ सोचका साथ राजनीति गर्नु पर्ने आवश्यकता समेत औँल्याए ।
भट्टराईले स्थिर सरकारको अपरिहार्यता जोड दिँदै शिक्षा प्रणालीको अप्रतिफल, बेरोजगारी र विदेशी निर्भरता हटाउनका लागि दूरगामी सोचयुक्त नीति निर्माणको आवश्यकता औँल्याए।
कार्यक्रममा बोल्ने अन्य वक्ताले पार्टीले केन्द्रीय समिति सदस्यतामा २५ प्रतिशत ४० वर्ष मुनिका युवालाई समेटेर युवा नेतृत्वको महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेको उल्लेख गरे। युवाहरूलाई सशक्त रूपमा राजनीतिमा सहभागी गराएर मात्र मुलुकको स्थिरता र समृद्धि सम्भव हुने उनीहरूको भनाइ थियो। कार्यक्रममा सहभागी युवाहरूले समेत नेपालमा स्थिर सरकार, नीतिगत सुधार, र जिम्मेवार नेतृत्वको आवश्यकता रहेको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij