काठमाडौँ : प्रतिनिधिसभापछि राष्ट्रियसभाको बैठकमा पनि विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन् ।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उभिएका विरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीलाई समय दिएका थिए ।
अछामीले राष्ट्रसेवक कर्मचारी घिसिङको बर्खास्ती अपमानपुर्वक भएको भन्दै प्रधानमन्त्री ओलीले जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका थिए । विपक्षीको अडानपछि राष्ट्रिय सभा अध्यक्ष दाहालले बैठक १५ मिनेटका लागि स्थगित गर्न पुगे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij