Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णय गलतः बेलायत

वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णय गलतः बेलायत

बेलायत : इजरायलको कब्जामा रहेको वेस्ट बैङ्क क्षेत्रमा नयाँ बस्तीहरू बसाल्ने इजरायली निर्णयप्रति बेलायतले विरोध जनाएको छ । यस क्षेत्रमा बस्ती बसाउँदा प्यालेस्टिनी र इजरायली दुवैको सुरक्षालाई हानि पु‌र्याउने तथा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन हुने मध्यपूर्वका लागि बेलायती मन्त्री हामिश फाल्कनरले बताउनुभएको छ ।

इजरायलले बस्ती विस्तार रोकी वेस्ट बैङ्कको अस्थित्वलाई जोगाउनु पर्ने उहाँले बताउनुभएको छ । इजरायली मन्त्रीपरिषद्ले केही दिन अघि कब्जा गरिएको वेस्ट बैङ्कमा १३ वटा नयाँ बस्ती बसाउने योजनालाई अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट