Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सेन्टर प्लाजामा फसेका पाँच जनाको सकुशल उद्धार

सेन्टर प्लाजामा फसेका पाँच जनाको सकुशल उद्धार

सुनसरी : इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ । इटहरी  उपमहानरपालिका -६स्थित सेन्टर प्लाजामा भएको आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

प्लाजामा बिहान साढे ९ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । आगो निभाउनको लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् ।उक्त प्लाजामा अझै केही व्यक्ति फसेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट