Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौँ : सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा ललितपुरका हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को २०८१ चैत ११ गते बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । सरकारले प्राधिकरणको कार्यकारी निर्देशक पदमा रहेका कुलमान घिसिङलाई हटाउने र सो पदमा पदमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी लामो समयदेखि प्रसारण लाइनको गुरुयोजना, विद्युत् माग प्रक्षेपणका काममा सक्रिय थिए । गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गत फागुन १३ गते मन्त्रीस्तरीय निर्णयबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै दुईबुँदे स्पष्टीकरण सोधेका थिए ।

कार्यकारी निर्देशक घिसिङको आगामी साउनमा कार्यकाल सकिनुअघि नै सोमबारको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट हटाएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट