Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रास्वपा सांसदहरुले भने – कुलमानलाई हटाउने निर्णय कायरताभित्रको दम्भ हो

रास्वपा सांसदहरुले भने – कुलमानलाई हटाउने निर्णय कायरताभित्रको दम्भ हो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउने निर्णय ‘कायरताभित्रको दम्भ’ भएको बताएका छन् ।सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै रास्वपा सांसदहरुले सो कुरा बताएका हुन् ।

कुलमानलाई हटाउने सरकारको अभिष्ट पूरा गरिसकेको भन्दै रास्वपा सांसदहरुले अब डेडिकेटेड र ट्रंकलाइनबाफतको बक्यौता उद्योगहरुबाट उठाउन माग गरे।बैठकमा बोल्दै रास्वपा सांसद मनिष झाले बक्यौता सम्बन्धी विषय राजनीति र सत्ताको आडमा लेखा समितिमा पेण्डिङमा भएको भन्दै समितिको औपचारिक निर्णय माग गरे।

तत्काल अर्को बैठकको मिति तोक्न र सो बैठकबाट निर्णय गर्नुपर्ने माग गरे ।अर्का सांसद हरि ढकालले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयलाई ‘कायरताभित्रको दम्भ’ भनेर टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट