काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिएका छन् ।सुजाता कोइरालाद्वारा ‘म र सानोबुवा’ शिर्षकको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले घिसिङमाथि खनिएका हुन् ।
प्रधानमन्त्री ओलीले कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए भन्दै प्रश्न गरे।प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताए ।
प्रधानमन्त्री ओलीले देश र जनताको हितको लागि इमानदारिताका साथ काम गरिरहेको बताए ।उनले इस्यु पायौँ भन्ने हिसाबले केही समूहहरूले विरोध सुरू गरिसकेको बताए। आफूले आइडोलोजी नभई देशप्रतिको निष्ठा हेर्ने गरेको र देश सबैको साझा भएको बताए।
उनले माओवादी अध्यक्ष प्रचण्ड लक्षित स्टाटसमा इङ्गित गर्दै हितेन्द्रदेव शाक्यलाई निकम्मा बनाएर राखेर रिटायर्ड भएको कुलमानलाई नियुक्त गरिएको समेत बताए ।वर्षौं लगाएर केही काम गरिएको कामलाई चमत्कार जादुको तुलनामा व्याख्या गर्ने भन्दै प्रधानमन्त्री ओलीले कसैलाई पनि यस्ता कुराहरूको भ्रममा नपर्न अनुरोध गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij