काठमाडौँ : नेपाली काँग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको अध्यक्षमा माधव प्रसाद चम्लागाँई निर्वाचित हुनुभएको छ।गत शुक्रवार लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम महाधिवेशन सुरु भएको थियो भने शनिवार मतदान भएको थियो। मतगणनाको अन्तिम परिणाम अनुसार चम्लागाँईले कुल खसेको ४७० मतमा ३५१ मत प्राप्त गर्नुभएको छ।
अर्का अध्यक्ष पदका उम्मेदवार विकास थापाले ८८ मत प्राप्त गर्दा अध्यक्ष पदमै उम्मेदवारी दिनुभएकी खड्काले १३ मत प्राप्त गर्नुभएको छ।यस्तै उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाँई समूहकै उम्मेदवार निर्वाचित हुनुभएको छ। । उहाँको समूहबाट उपाध्यक्षमा उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ।
यस्तै अर्का उपाध्यक्षमा अनिता घिमिरे गैह्रे निर्वाचित हुनुभएको छ। । उहाँले ३३९ मत प्राप्त गर्नुभएको छ।यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित हुनुभएको छ। । खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित हुनुभएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij