Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

गाजास्थित अस्पतालमा इजरायली आक्रमणः हमासका एक अधिकारी र सहयोगी मारिए

गाजास्थित अस्पतालमा इजरायली आक्रमणः हमासका एक अधिकारी र सहयोगी मारिए

इजरायलले गाजाको एक अस्पतालमा हिजो साँझ गरेको हवाई हमलामा हमासका बरिष्ठ नेता र उनका सहयोगी मारिएका छन् ।गाजाको खान युनिस सहरमा अवस्थित मुख्य स्वास्थ्य सेवा दिने नासेर अस्पतालमा भएको हवाई आक्रमणमा हमास समूहका वित्तिय मामिला प्रमुख इस्माइल बरहौम मारिएका हुन् ।

इजरायलले चार दिनअघि गरेको हवाई आक्रमणमा घाइते भएपछि अस्पतालमा उपचार गराइरहेका बरहौम हिजो भएको आक्रमणमा मारिएको अधिकारीले बताएका छन् ।इजरायली सेनाले गोप्य सूचनाका आधारमा अस्पतालभित्र परिचालित हमासका सदस्यलाई आक्रमण गरी अन्यलाई कम क्षति हुने गरी सटिक हतियारको प्रयोग गरेको जनाएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले चिकित्सा कर्मचारीहरू सहित धेरै अन्य घाइते भएको बताएको छ । आक्रमणबाट अस्पतालको ठूद्यो भाग ध्वस्त भएको जनाइएको छ ।इजरायलले हमासलाई हतियार र कमाण्ड सेन्टरहरूको लागि अस्पतालहरू लुकाउने ठाउँको रूपमा प्रयोग गरेको आरोप लगाएको छ । हमासले भने त्यो आरोप अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट