Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक छैनन् : देउवा

ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक छैनन् : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताएका छन् ।पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।उनले तत्काल राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरे। पूर्वराजा शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको र हुन पनि नसक्ने उनले बताए।

सभापति देउवाले भने, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्। राप्रपाले पनि दुख पाउँछन्।’उनले कुनै पनि हालतमा संवैधानिक राजा बन्ने वाला नभएको भन्दै गणतन्त्रको पक्षमा एकताबद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट