Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

साउदीमा वार्ताको तयारी भइरहँदा युक्रेनमा रुसद्वारा घातक ड्रोन आक्रमण

साउदीमा वार्ताको तयारी भइरहँदा युक्रेनमा रुसद्वारा घातक ड्रोन आक्रमण

काठमाडौं : साउदी अरेबियामा युद्धविरामको औपचारिक सहमतिका लागि वार्ताको तयारी भइरहँदा रुसले युक्रेनमा घातक ड्रोन आक्रमण गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार युक्रेनको जापोसिज्जया शहरमा रुसी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ । सो ड्रोन आक्रमणमा अन्य १२ जना घाइते भएका छन् ।क्षेत्रीय गभर्नर इवान फेडोरोभका अनुसार आवासीय क्षेत्रमा भएको आक्रमणले घर भवन संरचना, कार तथा सार्वजनिक स्थलमा क्षति पुगेको छ ।

तस्विरमा जीवित रहेका व्यक्तिहरुको खोजी गरिरहेको देखिएको छ । तीन वर्षदेखि चलिरहेको युद्ध रोक्न भन्दै सोमबार रुस र युक्रेनी प्रतिनिधिमण्डलले साउदी अरेबियामा अमेरिकी अधिकारीहरुको रोहवरमा भिन्दा–भिन्दै बैठक गर्ने तयारी भइरहँदा रुसले ड्रोन आक्रमण गरेको हो ।

हाल रुस युक्रेन सैद्धान्तिक रुपमा सिमित युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार सम्बन्धित देशका नेतासँग गरेको संवादले सकारात्मक वातावरण निर्माण भए पनि वास्तविक लक्ष्यमा को कति प्रतिवद्ध हुनेछन् भन्ने अझै पनि अन्योल छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट