धनुषा : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राणा र राजाहरूको पालामा अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार हुने गरेको बताएका छन् ।जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् । भ्रष्टाचार भए पनि बन्द व्यवस्थाका कारण उनीहरूका गलत काम जनतासम्म पुग्न नदिने गरेको अध्यक्ष भट्टराईले बताए।
अध्यक्ष भट्टराईले भने, ‘आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजा र राणाहरूको पालामा हुन्थ्यो। तर उनीहरू त्यति कुटिल थिए कि तिनका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे।’त्यतिबेला आफ्ना गलत अभ्यास लुकाउन नागरिकलाई शिक्षाको अवसरबाट समेत बञ्चित गर्ने गरिएको उनले बताए ।राजतन्त्रलाई भूतको संज्ञा दिंदै भट्टराईले भ्रम बोकेर हिंड्न नहुने बताए। लोकतन्त्रको रक्षा सबै मिलेर गर्नुपर्ने र पछाडि फर्कन नहुनेमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij