काठमाडौं : सलमान खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘सिकन्दर’ इदको छेकोमा चैत १७ गते विश्वब्यापी प्रदर्शनमा आउने भएको छ।बलिउड हंगामाले फिल्म उक्त मितिमा आउने उल्लेख गरेको हो । रमजान इद चाहिँ मार्च ३१ मा सोमबार परेको छ ।भारतको महाराष्ट्रमा गुडी पड्वा पर्वको बिदा भएकाले फिल्मलाई आइतबार ल्याउने निर्णय निर्माताले गरेका हुन्।
निर्माताले बुधबार यसको औपचारिक घोषणा गर्ने जनाइएको छ ।‘सिकन्दर’मा सलमानसहित रश्मिका मन्दाना, काजल अग्रवाल र सरमन जोशीको अभिनय हुनेछ ।यो फिल्मलाई एआर मुरुगादोसले निर्देशन गरेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij