Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आर्थिक समृद्धिका लागि पानीको उपयोग गर्नुपर्छः उर्जामन्त्री

आर्थिक समृद्धिका लागि पानीको उपयोग गर्नुपर्छः उर्जामन्त्री

काठमाडौं : ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालमा रहेका पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्ने बताएका छन् । विश्व पानी दिवसको अवसरमा आयोजित राष्ट्रिय पानी सम्मेलनमा मन्त्री खड्काले नेपालमा रहेका पानीका स्रोतलाई दैनिक जीवनमा मात्रै नभइ मुलुकको आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्ने बताएका हुन् । उनले नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धिको लागि पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, लक्ष्य लिएर मुलुक अघि बढिरहेको जिकिर गरे ।

सबैभन्दा बढी जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भनिरहँदा यसको संरक्षणमा लाग्नु अहिलेको प्रमुख चुनौति भएको उनको तर्क थियो । मन्त्री खड्काले जलवायु परिवर्तनका कारण हिमनदीको अवस्था र त्यसबाट श्रृजित समस्याहरुको समाधानका लागि समेत सरकार गम्भीर रहेको भन्दै विभिन्न दातृ राष्ट्रहरुसँग बिषयमा छलफल भइरहेको जानकारी दिए ।

जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने बताइएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालमा २०६५ सालदेखि जल तथा मौसम सप्ताह मनाउँदै आए पनि यो वर्षदेखि ‘नेपाल राष्ट्रिय हिमनदी जल तथा मौसम सप्ताह’ मनाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट