काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गुरु गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजा अर्चना गरेका छन् । शनिवार पूर्वराजा शाहले ती मन्दिरमा पूजा अर्चना गरेका हुन् ।
शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा लिइने गरिन्छ ।सो अवसरमा पूर्वराजा शाहलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका थिए । पूर्वराजा शाहले मनकामना मन्दिरमा पनि पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij