Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चीन र भारतबाट १८ करोड बराबरको पापड आयात

चीन र भारतबाट १८ करोड बराबरको पापड आयात

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (८ महिना) मा १८ करोड बराबरको पापड आयात भएको छ । सो अवधिमा ७ लाख ८६ हजार ४५७ किलो पापड १८ करोड ८२ लाख ५४ हजार रुपैयाँ बराबरमा आयात भएको भन्सार विभागले जनाएको छ ।

यसमध्ये भारतबाट १८ करोड ८२ लाख ३५ हजार रुपैयाँको ७ लाख ८६ हजार ३१४ किलो पापड आयात भएको हो । यस्तै चीनबाट १८ हजार रुपैयाँ बराबरको १४३ किलो पापड आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । सो परिमाणमा पापड आयात हुँदा १० करोड १३ लाख ३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट