काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाइराख्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयमा देशका सातै प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझाव प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्नुहुँदै सभापति देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएपनि महिलालाई प्रत्यक्ष राजकीय प्रशासनमा सहभागी हुने मौका रहेको बताउनुभयो ।
अहिलेको संविधान अत्यन्तै राम्रो रहेको बताउँदै उहाँले, संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले पार्टीहरुबीच गठबन्धन गर्नुपर्ने बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij