Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राजतन्त्र फर्किने सपना नदेख्न राजावादीलाई विमलेन्द्र निधिको चेतावनी

राजतन्त्र फर्किने सपना नदेख्न राजावादीलाई विमलेन्द्र निधिको चेतावनी

काठमाडौं : नेपाली कांग्रेस सांसद विमलेन्द्र निधिले नेपालमा राजतन्त्र फर्किने अवस्था नरहेको बताएका छन्।प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद निधिले सो कुरा बताएका हुन् । उनले राजतन्त्र फर्किने सम्भावना नभएको भन्दै सपना नदेख्न राजावादीहरूलाई चेतावनी समेत दिए।उनले धैर्यता र सहनशीलताको सीमालाई पार नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सचेत समेत गराए। उनले राजतन्त्र जनताले नै नरुचाएकाले फर्किने सम्भावना नरहेको बताए।

सांसद निधिले राजनीतिक अधिकारको उपभोग गर्न नदिएका कारण विगतमा आफू निरुङ्कुस राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध लड्दा जेल जानुपरेको बताए।निरुङ्कुस राजतन्त्रका कारण हजारौं युवा विद्यार्थीहरू जेलमा परेको सांसद निधिले बताए। राजतन्त्रको दुष्प्रमाण नेपाली जनताले भोगिसकेको बताउँदै उनले राजतन्त्र फर्किने चेष्टा नगर्न चेतावनी समेत दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट