काठमाडौं : सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चैत २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।
बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ ।
त्यस्तै, विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान्न सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
बैठकले ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गरेको छ । त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट नियुक्त भएका छन्।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij