Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बरामद २५ करोड नगदबारे निष्पक्ष अनुसन्धान गर्न माओवादी सांसद सापकोटाको माग

बरामद २५ करोड नगदबारे निष्पक्ष अनुसन्धान गर्न माओवादी सांसद सापकोटाको माग

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले २५ करोड नगद बरामद घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले उक्त घटनाका बारेमा अनुसन्धान गर्न माग गरेका हुन् । नगद बरामद घटनाको निष्पक्ष छानबिनका लागि विशेष प्रकारको छानबिन समिति गठन गर्न उनले माग गरे ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोर क्षेत्रबाट सिन्धुपाल्चोकका कुसान लामालाई २५ करोड १ लाख ३३८रुपैयाँसहित पक्राउ गरेको थियो।सांसद सापकोटाले उक्त घटनामा संलग्न जोसुकै होस् कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए।

सांसद सापकोटाले भने,’गत सोमबार राति ११ बजे काठमाडौंको टोखा नगरपालिका २ झोरबाट नेपाल प्रहरीले अहिलेसम्मकै धेरै ठूलो अवैध रकम सहित एउटा गाडी बरामद गरेको छ। डलर, युरो गरेर २५ करोड अवैध नगद बरामद भएको समाचारहरू बाहिर आएका छन्। यो घटनाले सिंगो देशलाई तरंगित बनाएको छ। प्रतिपक्षीले यो सरकार सुशासनका प्रति इमान्दर छैन र सरकारकाप्रति आशंका छ भनेर हामी चिन्ता व्यक्त गर्दै थियौं र छौं। यो घटनाले के देखिन्छ भने संगठित अपराध र तस्करको जालो कुन स्तरमा संगठित भएर झांगिरहेको छ भन्ने कुराको एउटा चित्र बाहिर आएको छ। यसैले यो घटनाप्रति माओवादी केन्द्रको ध्यानकर्षण भएको छ। घटनाका बारेमा अनुसन्धान गर्न विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस्। यो घटनमा संलग्न जोसुकै उच्च तहका नेता कर्मचारीहरू तिनलाई कानुनी दायरामा ल्याउनका लागि माग गर्दछु।’

उनले यति ठूलो तस्करीको घटनामा उपल्लो तहको कनेक्सन हुनसक्ने भन्दै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए।अहिलेसम्म यस्ता प्रकृतिका घटनाहरूमा संलग्न भरिया र ड्राइभरहरू मात्र पक्राउ पर्ने र निश्चित समयपछि घटना ढिसमिस भएर जाने बताए।उनले पुनस् यस्ता घटना दोहोरिन नदिन गहिरो अनुसन्धान गरी दोषीमाथि कडा कारवाही हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट