काठमाडौं : श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
नेपालीलाई मन्त्रिपरिषद् बैठकले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो ।
उनलाई १४ पुसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।
त्यसपछि १९ फागुनमा राष्ट्रपति पौडेलले उनलाई राजदूत पदमा नियुक्त गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij