काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आश नर्गन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन्।बुधबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले सो कुरा बताएका हुन् । प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणालाई लक्ष्य गर्दै राजा र हिन्दुराष्ट्रको एजेन्डा छाड्न आग्रह गरे ।
प्रसाईंले भने,तपाईंहरू आजदेखि राजा र हिन्दुअधिराज्य भनेर नभन्नुस्। त्यो माग हामीले उठाएको हो। पानसमा दियो बालेर राजालाई सडकमा ल्याउने काम त दुर्गा प्रसाईंको अभियानले गरेको हो नि त, त्योभन्दा अघि राजा त मन्दिरमा मात्रै जानुहुन्थ्यो, हाम्रो अभियानपछि आमजनतामा आउनुभएको हो।’
आफूले भुइँ मानिसका एजेन्डा बोकेको र त्यो राप्रपाले लिन खोजेको प्रसाईंले दाबी गरे। उनले अहिलेको व्यवस्था परिवर्तन हुने दाबी पनि गरेका छन्। व्यवस्था परिवर्तन छिट्टै भने नहुने प्रसाईंले बताए।
आफूले बोलेका एजेन्डा पूर्वराजा शाहले उठान गर्दै आएको दाबी पनि प्रसाईंको छ। पूर्वराजाले साथ दिएकै कारण पानसमा बत्ति बालेर कार्यक्रम गरिएको उनले बताए। उनले १५ गते कार्यक्रम गरेर काठमाडौंमा आन्दोलनको थालनी गरिने बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij