Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

व्यापार-संस्कृती विस्तार गर्न दिल्लीमा नेपाल महोत्सव

व्यापार-संस्कृती विस्तार गर्न दिल्लीमा नेपाल महोत्सव

काठमाडौं : भारतको दिल्लीमा नेपाल महोत्सव आयोजना हुने भएको छ। नेपाल र भारतबीच ब्यवसाय, संस्कृती र खाना प्रवर्धन गर्न अप्रिल ११ बाट १३ सम्म महोत्सवको आयोजना हुन लागेको हो।

भारतमा रहेको नेपाली दुतावाससँगको सहकार्यमा एभरेस्ट चेम्बर अफ कमर्शले नेपाल महोत्सवको आयोजना गर्न लागेको हो। नेपाल महोत्सव व्यापार, पर्यटन, व्यवसाय, संस्कृति र आध्यात्मिकता मार्फत भारत-नेपाल सम्बन्ध प्रगाढ बनाउने लक्ष्य राखिएको एभरेस्ट चेम्बर अफ कमर्शका अध्यक्ष युवराज बरालले बताए।

आयोजक ऐभरेस्ट चेम्बरमा महासचिव डा मोहन कार्कीले महोत्सवमा व्यावसायिक नेटवर्किङ सत्रहरू, सांस्कृतिक प्रस्तुतिहरू, हस्तकला प्रदर्शनीहरू र मौलि नेपाली खानाहरूसहित नेपालको व्यापार, पर्यटन, संस्कृति र धार्मिक क्षेत्रसँगै खाना र हस्तकला भारतीय नागरिकमाझ प्रवर्धन गरिने जानकारी दिए।

महोत्सव निर्देशक राजेन्द्र घिमिरेका अनुसार दिल्लीको बार्हखम्बा रोडमा रहेको नेपाली दुतावास परिसरमा आयोजना हुने कार्यक्रममा नेपाल-भारत व्यापार सम्बन्धी छलफल, बिटूबी र बिटुसी नेटवर्किङ बैठक, लगानी बिस्तार सम्बन्धी छलफल, पर्यटन र यात्रा प्रदर्शनी, सांस्कृितिक कार्यक्रम, नेपाली खाना र अध्यात्म शत्र समावेश छ। घिमिरका अनुसार यो हरेक वर्ष आयोजना हुन्छ।

'महोत्सवको आयोजना, नेपालको ब्यापार, संस्कृति र खानाको विस्तारको योजना सहित आयोजना गरेका हौँ' घिमिरेले भने ' महोत्सवमा नेपाल-भारत दुबैतिरको ब्यवसायी सहभागी हुँदैछन्। महोत्सवले नेपाल प्रवर्धन गर्ने अपेक्षा गरेका छौँ।'

कार्यक्रम अवधीभर परम्परागत नेपाली नृत्य, संगीत र सांस्कृतिक प्रस्तुति,खाना प्रेमीहरूका लागि मौलिक नेपाली खाना स्टल, बि२बि व्यापार र उद्योग प्रदर्शनी र व्यावसायिक नेटवर्किङ अवसर, द्विपक्षीय व्यापार र पर्यटन बढाउने, सांस्कृतिक कूटनीति र व्यापार सम्बन्धहरू, उदीयमान व्यावसायिक लगानी क्षेत्रहरू, दिगो पर्यटन र सांस्कृतिक सम्पदा, भारत-नेपाल आर्थिक सहयोगको भविष्यबारे प्यानल छलफल हुने घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट