Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पूर्वविशिष्टलाई सुविधा दिनेबारे गृहमन्त्रीले भने – राज्यकोषमा आर्थिक भार पर्न दिदैनौँ

पूर्वविशिष्टलाई सुविधा दिनेबारे गृहमन्त्रीले भने – राज्यकोषमा आर्थिक भार पर्न दिदैनौँ

काठमाडौं : गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनको लागि विधेयकको मस्यौदा लेखन शुरु भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।उनले सर्वोच्च अदालत र संसदीय समितिले समेत विधायिकी कानून बनाएर मात्र सुविधा दिन निर्देशन गरेको कारण कानून निर्माणमा जुटेको बताए।

उनले यस कदमको चौतर्फि आलोचना भइरहेको उल्लेख गर्दै कानूनै नबनाइकन सरकारले निर्णय गरेर दिनेकुरा उचित हो कि सदनबाट कानून बनाएर दिनेकुरा जाति हो ? भन्दै प्रश्न समेत गरे।

मुलुकको आर्थिक स्थितिबारे सरकार जानकार रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले मुलुकको आर्थिक अवस्थामा प्रतिकुलता उत्पन्न हुने काम नगरिने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट