Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एकीकृत समाजवादीको बैठक जारी

एकीकृत समाजवादीको बैठक जारी

काठमाडौं : चैत १५ गते समाजवादी मोर्चाले काठमाडौँमा गर्न लागेएको वृहत् विरोधसभालाई सफल बनाउने विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको वैठक बसिरहेको छ ।

आन्तरिक तयारीमा जुटेको समाजवादीले केन्द्रीय कार्यालय आलोकनगरमा काठमाडौँमा उपलब्ध स्थायी समिति सदस्यहरूको बैठक बोलाएको थियो । त्यसैगरि चैत ५ गते बिहान ११ बजे सबै केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सचिवालय सदस्यहरूको संयुक्त बैठकसमेत बोलाएको छ ।

फागुन २७ गते बसेको समाजवादी मोर्चाले प्रतिगामी राजवादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै चुनौति दिन काठमाडौँमा विरोधसभा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट